Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लोबल आइएमई र क्यान्सर हस्पिटलबीच सम्झौता


  • शुक्रबार, मंसिर १४ २०७५

  • ग्लोबल आइएमई र क्यान्सर हस्पिटलबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ।

    सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट,क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन। ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचार सेवा दिन सम्झौता गरेको बैंकले जनाएको छ।

    सम्भौतापत्रमा हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र बैंकका कार्ड बिक्री वितरण विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे।
    बैंकका १३२ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय छन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij