Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले एड्स दिवस मनाउने


  • शुक्रबार, मंसिर १४ २०७५

  • सरकारले एड्स दिवस  मनाउने

    काठमाडौं– सरकारले विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी  मनाउने  भएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार (भोली) विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी मनाउने जानकारी गराएको हो । डिसेम्बर १ का दिन हरेक वर्ष विश्वभर एड्स दिवस मनाउने गरिन्छ ।

    यसै अवसर पारेर नेपालले पनि सो दिवस शनिबार देशभर चेतनामूलक कार्यक्रम गरी बनाउने लागिएको केन्द्रका प्रमुख तारा पोखरेलले जानकारी दिए । यस वर्षको विश्व एड्स दिवसको मूल नारा ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ रहेको छ ।

    विश्वमा हाल ३ करोड ७० लाख मानिसमा यो रोगको संक्रमण देखिएको छ । नेपालमा भने यो रोग संक्रमितको संख्या ३३ हजार २० रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।  केन्द्रका प्रमुख पोखरेलले त्यसमध्ये १२ हजार महिला सो रोगको संक्रमणमा परेको पनि जानकारी दिए ।

    सरकारले सन् २०३० भित्र पूर्ण नियन्त्रण हुने गरी एड्स रोग नियन्त्रण सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ ।  केन्द्रले एड्स रोगबाट बच्न सावधानी अपनाउन पनि सबैलाई आह्वान गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij