काठमाडौँ – वैशाख १५ मा हुने नेकपा एमालेबाट बझाङ-१ मा प्रदेश सभा निर्वाचनमा दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली काँग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
