काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजोका आन्दोलनकारी हरु आज सत्तासिन भएका वेला सङ्कको आवाज कुण्ठीत हुँदै जानु लोकतन्त्रका लागी शुभ संकेत नभएको बताएका छन । खुलामञ्चलाई अन्य प्रयोजनको लागी प्रयोग गर्न नहुने भन्दै उनले खुला मञ्चको ऐतिहासिक महत्व दर्साएका छन । काठमाडौं महानगर पालिकाले खुलामन्चमा फुटवल ग्राउण्ड बनाउँन लागे पछि सामाजिक सञ्जालमा भट्टराईले आफ्नो धारणा व्यक्त गरेका हुन । उनले भनेका छन : खुलामंचलाई खुलै रहन दिऊॅ। यो पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो! मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मन्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसंग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ!

बरू खुलामॅचलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाऊॅ! जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौ। हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
