काठमाडौं – काठपाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या पाँच पुगेको छ । घरनामा काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी ६ वर्षीया बालिका स्मारिका गौतमको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
