काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभामा उम्मेदवार बनेका सबैलाई भारी मल्ले जिताउनु सबैको अभिभारा भएको बताएका छन । सामाजिक सञ्जालमा धारणा राख्दै कोइरालाले पार्टीमा धेरै निष्ठावान साथीहरु भएको र सबैलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका छन । उनले टिकट वितरणमा न्यायोचित निर्णय गर्न पार्टी असर्मथ भएको टिप्पणी गरेका छन ।
उनले भनेका छन :
साथीहरु,
राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरुले उम्मेदवारी दर्ता गराउनु भयो । पार्टी निणर्यबाट छानिएका सबै उम्मेदवार साथीहरुलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो ईतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सुची लामो थियो । यसर्थ सिमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन । तर पनि पार्टीमा अवसरको समान बितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको बर्तमान ढाँचा, सोच र निर्णय प्रकियालाई प्रभावति गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरुले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु ।
न्यायोचित टिकट बितरण गर्न असमर्थ पार्टी निर्णयमा मैले गल्ती-कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझावबाट भबिष्यमा अगाडी बढ्ने प्रण गर्दछु ।
मेरो अभियान पार्टीमा अवसरको न्यायोचित बितरण होस् भन्ने नै हो । यो अभियानमा साथीहरुबाट बिगतमा झै निरन्तर साथ र सहयोग पाइरहने अपेक्षा समेत गर्दछु । जय नेपाल ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
