Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मंगलवार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने, ओली र देउवासंग गरे छलफल


  • सोमबार, पुष ९ २०८०

  • मंगलवार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने, ओली र देउवासंग गरे छलफल

    काठमाडौं – सरकार गठनको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार तीन बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन । आफ्नो सरकारले १ वर्षको अवधीमा गरेका काम र आगामी कार्यका बारेमा प्रधानमन्त्रीले आफ्नो सम्बोधनममा जानकारी गराउने बताइएको छ ।

    मन्त्रीपरिषद र निजि सचिवालयमा व्यापक हेरफेरको तयारी गरेका दाहालले फेरि नयाँ धक्का दिने बताएका छन ।

    यसैविच सोमवार सत्ता गठवन्धन कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेका छन । संक्रमणकालिन न्यायका बारेमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि बसिरहेको बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष ओली, कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, एमाले सचेतक महेश बर्तौला, कांग्रेस नेता एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलगायत नेता सहभागी छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij