Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भट्टराई शताब्दी जन्मदिवस : ‘किसुनजीले देखाएको वाटो अनुशरण गर्ने प्रण’


  • आइतबार, पुष ८ २०८०

  • भट्टराई शताब्दी जन्मदिवस : ‘किसुनजीले देखाएको वाटो अनुशरण गर्ने प्रण’

    नेपाली काँग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    आईतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पञ्चायतको बिरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि नेता भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गर्नुभएको भन्दै नेता भट्टराईको संघर्ष विशेष रहेको बताउनु भयो । उहाँले स्व. नेता बिपी कोईराला लगायतका नेताहरु पञ्चायतबिरुद्धको आन्दोलनका लागि प्रवासमा गएपनि नेता भट्टराईले स्वदेशमै रहेर आन्दोलन गर्नु विशेष रहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘नेता श्रद्धेय किसुनजी जसले पञ्चायतको बिरुद्धको आन्दोलनलाई पनि, लोकतन्त्रको पुनःस्थापनाका लागि पनि नेपाली माटोमै बसेर जननायक बिपी कोईराला लगायतका नेताहरु प्रवासमा जानुभयो, त्यहाँबाट पनि संघर्ष गर्नुभयो त्यो एउटा पाटो पनि किसुनजीको विशेष छ । उहाँले नेपाल नछोडिकन नेपालभित्रै बसेर, नेपालकै माटोमा बसेर संघर्ष गर्नुपर्छ र यहीँ भित्रैबाट पञ्चायतलाई परास्त गर्नुपर्छ भन्ने अर्को धारको नेतृत्व गर्दै यहीँ बसेर हामी भन्दाअघिका नेताहरुलाई अगुवाई गर्दै हिँड्नुभयो । हामीले पार्टी र सरकार सञ्चालनमा उहाँले देखाएका बाटोहरु, उहाँको निष्ठाको कुरा गर्छौं, जीवन जगतको कुरा गर्छौं, त्यसमा कति प्रतिशत उहाँको बाटोमा हिँडाउन सकेका छौँ । त्यसमा हामीले स्मरण गर्दै, भएका कमजोरी सच्याउने, गल्ती नगर्ने र हुन दिने छैनौँ ।’

    उपसभापति खड्काले नेता भट्टराईको निष्ठा र जीवनबाट सिकेर सरकार र पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij