Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु


  • बिहिबार, मंसिर १४ २०८०

  • एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैतडीको झुलाघाटबाट‘संकल्पको यात्रा’ अभियान सुरु गरेको छ । आज अभियानको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । यात्राको लागि बुधबार नै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरू बैतडी पुगेका हुन् ।

    उद्घाटनका क्रममा उनले यो अभियानले जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताए । साथै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए ।
    बिहीबार बिहानबाट सुरू भएको अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिने छ। झन्डै २ हजार किलोमिटर लामो यात्रा छिचोल्न हिँडेको एमालेले राजमार्गका ४९ बढी ठाउँमा सानाठूला सभाको आयोजना गर्नेछ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij