Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागरिक उत्मुक्ति पार्टीका नेता भन्छन : समानुपातिक मत गणनामा धाँधली भयो


  • सोमबार, मंसिर १२ २०७९

  • नागरिक उत्मुक्ति पार्टीका नेता भन्छन : समानुपातिक मत गणनामा धाँधली भयो

    काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता एव उक्त पार्टीबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेश अधिकारीले समानुपतिक तर्फको मतगणनामा धाँधली भएको आरोप लगाएका छन । आफ्नो पार्टीले प्राप्त गरेको मत नेकपा एकिकृत समाजवादी र जनमत पार्टीमा जोडिएको भन्दै उनले कडा आपत्ति जनाएका छन ।
    राष्ट्रपुकारसंग अधिकारीले भने – ‘हाम्रो पार्टीको मत अन्य पार्टीकोमा जोड्ने षड्यन्त्र भएको छ । यस्तो कार्य विरुद्ध सशक्त आवाज उठाउँन जरूरी छ ।’ उनले मत गणनामा भएको अनियमित कार्य प्रति आफुले निर्वाचन आयोगसंग आपत्ति प्रकट गरेको जानकारी दिए ।
    नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा ३ सिट र प्रदेश सभामा ५ सिट विजय हासिल गरेको छ भने समानुपातिक तर्फ करिव २ लाख मत प्राप्त गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij