Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इश्वर पोखरेलले दिए प्रदीप पौडेललाई बधाई


  • मंगलबार, मंसिर ६ २०७९

  • इश्वर पोखरेलले दिए प्रदीप पौडेललाई बधाई

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार इश्वर पोखरेलले आफ्नो प्रतिद्धन्दी कांग्रेस उम्मेदवार प्रदीप पौडेललाई विजयी भएकोमा बधाई तथा शुभ कामना दिएका छन । सामाजिक सञ्जालमा पोखरेलले भनेका छन :

    बधाइ तथा आभार !
    ————————
    २०७९ मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका परिणाम आउन थालेका छन् ! यसैक्रममा, काठमाण्डौं क्षेत्र नं. ५ को निर्वाचन परिणाम पनि भरखरै सार्वजनिक भएकोछ र श्री प्रदीप पौडेलजी विजयी बन्नु भएको अनौपचारिक घोषणा समेत गरिएकोछ । यस औसरमा उहाँलाई बधाई भन्न चाहान्छु !
    यस निर्वाचनमा धेरै किसिमका भ्रम र प्रतिकूलतालाई चिर्दै नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बनेको मलाई आफ्नो विश्वासको मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु । यस अभियानमा सरिक हुनुहुने पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तकहरू प्रति आभार तथा धन्यवाद ब्यक्त गर्दछु ।
    निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्ध/ सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने , पारदर्शी जीवन शैली अपनाउने र निरन्तर देश हित र जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु !
    मैले उम्मेदवारी दिएको क्षेत्र – काठमाण्डौं ५ मा मैले यस क्षेत्रको प्रतिनिधि भएर जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू सिकेको छु ! यसरी शिक्षा र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति मेरो सँधै उच्च आदरभाव रहिरहनेछ ! म आफ्नो बाँकी जीवन देश, जनता, परिवर्तनको अभियान तथा आफू सम्बद्ध रहेको पार्टी – नेकपा( एमाले) प्रति समर्पित रहिरहनेछु !
    सबैप्रति हार्दिक आभार सहित ,
    ६ मंसीर २०७९ – ईश्वर पोखरेल
    प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij