काठमाडौं – काठमाडौं क्षेत्र नं . पाँचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । एमाले वरिष्ठ नेता इश्वर पोखरेल र कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल विच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । पोखरेल आफ्नो क्षेत्र सुरक्षित गर्न प्रयत्नशिल देखिन्छ भने नयाँ पौडेल पहिलो पटक संसदको ढोका खोल्ने प्रयासमा छन ।
पोखरेल र पौडेल आ – आफ्नो रणनिति र दाउपेच प्रयोग गरिरहेका छन । अघिल्लो निर्वाचनमा करिव १० हजार मतान्तरले विजयी पोखरेललाई पौडेलले चुनौति दिइरहेका छन ।
पोखरेललाई निरन्तर शक्तिमा हुँदा पनि महशुस हुने गरी काम गर्न नसकेको भन्ने आरोप छ भने पौडेललाई क्षेत्रमा नभिजेको ‘टुरिष्ट’ उम्मेदवार भन्ने आरोप छ । यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत राम्रो प्रभाव देखिन्छ । उक्त पार्टीबाट डा. रामप्रसाद उप्रेति उम्मेदवार छन ।
बागि विद्रोही र स्वतन्त्रको दबदबा
क्षेत्र नं . ५ मा मुख्य दलका बागि विद्रोही र स्वतन्त्र उम्मेदवारको समेत ठूलो लर्को छ । एमालेका पोखरेल र कांग्रेसका पौडेललाई आ – आफ्नै वागी उम्मेदवारहरुले झस्काइरहेका छन । पोखरेल आफ्नै दलवाट वागी बनेका शुसान्त श्रेष्ठसंग शसंकित छन भने पौडेल कांग्रेसबाटै वागी बनेका डा . प्रणय शमशेर राणासंग झस्किएका छन । श्रेष्ठ र राणा दुवैको प्रचार – प्रसार आक्रामक छ । यसै क्षेत्रवाट उम्मेवार बनेका श्री गुरुङ को चर्चा पनि ठूलै छ । उनको प्रचार प्रसार अरुको भन्दा आक्रामक छ ।
रञ्जु दर्शनाको अवस्था कस्तो छ ?
पाँच वर्ष अघि काठमाडौं महानगर पालिकाको मेयरमा उठेर २१ हजार भन्दा बढी मत पाएकी ताकालिन विवेकशिल साझा पार्टीकी उम्मेदवार रञ्जु अहिले क्षेत्र नं . ५ मा स्वतन्त्र उम्मेदवार छिन । रञ्जुलेले चुनाव जित्ने भन्दा पनि कांग्रेस उम्मेदवारलाई अप्ठ्यारो पार्न सम्भावन बढी रहेको धेरैको बुझाई छ ।
उनले आवद्धता तोडेको विवेकशिल साझाको यो क्षेत्रमा करिव ७ हजार मत छ । अघिल्लो निर्वाचनमा उक्त पार्टीका अध्यक्ष समेत रहेका उज्वल थापाले करिव सात हजार मत पाएका थिए । दर्शनाको भोटको मूल स्रोत त्यहि हो । त्यो बाहेक केहि मत कांग्रेसबाट जान सक्ने देखिएको छ । दर्शनावाट एमालेलाई निकै कम खतरा छ । थापाको कोरोना संक्रमणवाट निधन भइसकेको छ ।
सुकुम्बासी वस्तीमा सबैका आँखा !
क्षेत्र नं . ५ मा केहि सुकुम्बासी वस्ती छन । ती वस्तीहरुमा मुख्यतः कांग्रेस र एमालेका उम्मेदवारको आँखा परेको छ । आर्थिक अवस्था कमजोर भएका मतदाता भएकाले मुख्य दलका उम्मेदवार त्यही पैसा खनाउने रणनितिमा देखिन्छन । त्रिवि शिक्षण अस्पताल पछाडीको खाँडीपाखा सुकुम्बासी बस्तीमा धेरैको आँखा परेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
