Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस घोषणा पत्र : संसद विघटन नगर्ने देखी साढे १२ लाखलाई रोजगारी सम्म


  • शनिबार, कार्तिक १२ २०७९

  • कांग्रेस घोषणा पत्र : संसद विघटन नगर्ने देखी साढे १२ लाखलाई रोजगारी सम्म

    काठमाडौं – नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गरेका हुन । घोषणापत्रमा आगामी पाँच वर्षमा साढे १२ लाखलाई नयाँ रोजगारी दिनेदेखि पूर्वाधार विकासका कार्यक्रम समेटिएको छ ।

    कांग्रेसले संसद विघटन नगर्नेसमेत प्रतिबद्धता जनाएको छ ।

    घोषणा पत्रमा अबको पाँच वर्षमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था गर्ने जनाएको छ।

    पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बीमामार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने कांग्रेसले प्रतिबद्धता जनाएको छ। ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई नि:शुल्क बीमा गरिने घोषणा पत्रमा उल्लेख छ।

    प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने कांग्रेसले प्रतिज्ञा गरेको छ।

    https://www.facebook.com/100044327894798/posts/pfbid028V9cmD2z62fKQJ8mswByc1RPMHLW4rDHy4jEEBZ1qPjZ4Y6P9WQoo9GHCBT7dhGHl/

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij