Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्षेत्र नं. ५ का कांग्रेस उम्मेदवारहरु चुनावी कार्यक्रममा


  • शनिबार, असोज २९ २०७९

  • क्षेत्र नं. ५ का कांग्रेस उम्मेदवारहरु चुनावी कार्यक्रममा

    काठमाडौं– नेपाली कांग्रेस क्षेत्र नं. ५ का उम्मेदवारहरु चुनाव केन्द्रीत कार्यक्रममा व्यस्त हुन थालेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदिप पौडेल, प्रदेश सभा क उम्मेदवार भैरव सापकोटा, प्रदेश ख का उम्मेदवार श्यामबहादुर खड्का र समाुनपातिक तर्फका उम्मेदवारद्धय तारा लामा तथा गंगा सुनार चुनावी अभियानमा होमिएका छन् ।

    शनिबार टोखा नगरपालिका वडा नं. २ को प्रचार प्रसार कार्यलयको उद्घाटन गर्दै पौडेलले एक जुट भएर चुनावी कार्यक्रममा लाग्न आग्रह गरे ।

    राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, र करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास बाँकी रहँदैन । त्यसैले भ्रष्टाचार अन्त्य गर्नका लागि पनि प्रतिबद्ध नेतृत्व चयन गर्ने यो सुनौलो मौका हो,’ उनले भने ।

    उनीहरु आजै क्षेत्र नंं. ५ अन्तर्गतका विभिन्न वडाहरुमा चुनावी कार्यक्रमहरुमा सहभागी भएका छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij