काठमाडौं – नेपाली कांग्रेसमा समानुपातिक सुचिमा एकलौटी गरेको भन्दै संस्थापन इतर पक्षले असन्तुष्टी प्रकट गरेको छ । कांग्रेस भित्र को डा . शेखर कोइराला पक्षले आज खवरदारी सभा गर्दै संस्थापन पक्षलाई दवाव दिएको छ । सभामा स्यमं कोइराला सहितका मुख्य नेताहरु भने उपस्थित थिएनन । कोइराला पक्षका नेता गुरुराज घिमिरे सभाका मुख्य वक्ता थिए ।
खबरदारी सभामा प्रदेश १ सभापतिका प्रत्यासी नेता गुरुराज घिमिरे, वाग्मती प्रदेश सभापतिका प्रत्यासी नेता जगदीश्वरनरसिंह केसी, कर्णाली प्रदेश सभापतिका प्रत्यासी भुपेन्द्रजंग शाही, वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेत, नेता मनोजमणि आचार्यलगायत नेताहरूले सम्बोधन गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
