Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं. ५ : कांग्रेसमा राजनितिक शुन्यता, इश्वरलाई हाइसञ्चो ?


  • बिहिबार, भाद्र २३ २०७९

  • काठमाडौं क्षेत्र नं. ५ : कांग्रेसमा राजनितिक शुन्यता, इश्वरलाई हाइसञ्चो ?

    काठमाडौं – काठमाडौंको दश वटा निर्वाचन क्षेत्र मध्य ९ वटामा कांग्रेसलाई चुनावी चटारो छ । तर काठमाडौं क्षेत्र नं . ५ मा भने कांग्रेस अन्यौलग्रस्त देखिएको छ । पार्टीको क्षेत्रीय समिति र नगर समितिले उम्मेदवार सिफारिस गर्ने र स्थानीय निर्वाचनमा कसरी पराजय भयो भन्ने वारेमा कहिलेकाही बैठक गरे पनि चुनाव केन्द्रीत रणनितिक बैठकहरू कुनै पनि तहमा भएका छैनन् ।
    यस अघि यस क्षेत्रबाट चुनाव लडेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोट जाने भए पछि क्षेत्र नं . ५ मा कांग्रेस भित्र राजनितिक शुन्यता देखिएको हो ।
    अघिल्लो आम निर्वाचनमा जितेका एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल फेरी यहि क्षेत्रमा चुनाव लड्दै छन । कांग्रेसबाट पोखरेलसंग कस्ले प्रतिस्पर्धा गर्छ वा गठवन्धनवाट अन्य उम्मेदवार मैदानमा आउँछन भन्ने कुनै संकेत सम्म देखिएको छैन ।
    कांग्रेस क्षेत्रिय समितिले डा. महतकै नाम सर्वसम्मत सिफारिस गरेको छ भने वैकल्पीक उम्मेदवारमा क्षेत्रिय सभापति श्याम खड्काको नाम सिफारिस गरेको छ ।
    तर पूर्वक्षेत्रिय सभापति रमेश खड्‌का, राजेश अधिकारी वार एशोसियसनका पूर्व अध्यक्ष प्रेम बहादुर खड्का लगाएतले पनि संघिय सांसदको टिकट दावी गरिरहेका छन ।

    संघिय सांसदकै उम्मेदवारको यो अवस्था भए पछि प्रदेश सांसद दावी गर्नेको अवस्था झन निरिह देखिएको छ ।
    प्रदेश ‘ख’ बाट नेपाली कांग्रेस प्रदेश ‘ख’ का सभापति राजु खड्‌का,पूर्व क्षेत्रिय सचिव कृष्ण वस्ती, रामचन्द्र घिमिरे, मनिष जोशी लगाएतका आकंक्षीहरु दावी गरिरहेका छन । प्रदेश ‘क’ वाट भैरव सापकोटा, प्रकाश महर्जन लगाएतले दावी गरिरहेका छन ।

    तर गठवन्धनले भागवण्डा कसरी गर्छ भन्ने कुराले प्रदेश उम्मेदवार तय हुनेछ । अहिले सम्मको अवस्थामा संघिय संसदमा गठवन्धनबाट कांग्रेस वाहेक अन्य दलका उम्मेदवारले एमाले उम्मेदवार इश्वर पोखरेललाई टक्कर दिन सक्ने देखिदैन ।
    अहिले सम्मको अवस्था हेर्दा संघ र प्रदेश ‘ख’ मा कांग्रेस तथा प्रदेश ‘क’ मा माओवादी केन्द्रका उम्मेदवार चुनावी मैदानमा उत्रिने सम्भावना छ ।
    यस क्षेत्रबाट कांग्रेस केन्द्रीय नेताहरु प्रदीप पौडेल, नैनसिंह महर, डिला संग्रौला, अर्थविद् स्वणीम वाग्ले लगाएतले चाहना राखे पनि वातावरण बनाउँन नसके पछि अन्यत्र लागेका छन ।
    गत निर्वाचनको मत परिणाम हेर्दा क्षेत्र नं . ५ मा नेकपा एमाले भन्दा गठवन्धन करिव १८ सय मतले पछाडी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij