काठमाडौं, भदौ १८ : नेकपा विप्लव समुहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनु भएको हो ।
नेकपा विप्लव समुहका बैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कंञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं–कंञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियार लगायत नेपाली कांग्रेसका प्रवेश गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
