काठमाडौं – नेकपा एमालेले आगामी निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । शनिवार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले तल्ला कमिटिलाई उम्मेदवार सिफारिस गर्न विधि तय गर्न निर्देशन दिएको छ ।
एमालेले संघ र प्रदेश उम्मेदवार केन्द्रले टुङ्गो लगाउने निर्णय समेत गरेको छ । एमालेले एक पटक समानुपातिक मा परेका लाई उम्मेदवार नबनाउँने निर्णय गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
