Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादीको २१ सदस्यीय पदाधिकारीमा एक मात्र महिला !


  • शनिबार, भाद्र ४ २०७९

  • माओवादीको २१ सदस्यीय पदाधिकारीमा एक मात्र महिला !

    काठमाडौं – नेपालमा सबैभन्दा वढी समावेशीताको वकालत गर्ने पार्टी माओवादी केन्द्र हो । शसस्त्रयुद्ध देखि शान्तिपूर्ण राजनितिको मूलप्रवाहमा आउँदा पनि माओवादीले समावेशिताका कुरालाई छाडेको छैन ।
    तर शनिवार स्थायी समिति बैठकवाट पारित गरिएको २१ सदस्यीय पदाधिकारीमा एकजना मात्रै महिला समेटिएको छ । माओवादीले बनाएको सात जना उपमहासचिव मध्य पम्फा भुसाल मात्रै महिला छिन । बाँकी अध्यक्ष,वरिष्ठउपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सबै पुरुष छन ।
    कुनै वेला पदलाई गौण मान्ने माओवादी नेताहरु अहिले पद भने पछि मरिहत्ते गर्दछन । त्यसैले समावेशीतालाई तिलाञ्जली दिइएको त होइन ?

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij