दाङ – नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो ।
साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधवार ताला खोलेको हो ।
विश्वविद्यालयमा लागेको तालाबन्दीविरुद्ध अधिवक्ता कुलबहादुर भण्डारीले गरेको मुद्दामाथि फैसला सुनाउँदै उच्च अदालतले तालाबन्दीले पठनपाठनमा असर पुगेको भन्दै आन्दोलनरत विद्यार्थी संगठनलाइ ताला खोल्न आदेश अन्तिरिम आदेश जारी गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
