Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस उपसभापति खड्का जिल्ला जाँदा कार्यकर्ताको घरमा बास बस्छन, आफुले खाएको भाँडा आफै माझछन !


  • बिहिबार, साउन ५ २०७९

  • कांग्रेस उपसभापति खड्का जिल्ला जाँदा कार्यकर्ताको घरमा बास बस्छन, आफुले खाएको भाँडा आफै माझछन !

    हेटौडा – नेपाली कांग्रेसका उपसभापति पूर्ण वहादुर खड्का जिल्ला भ्रमणमा जाँदा सामान्यतया होटलमा वास बस्दैनन् । पार्टीका कार्यक्रममा जिल्ला जाँदा उनी आफ्नै कार्यकताको घरमा वास बस्ने र कार्यकताकै भान्सामा जे पाक्छ त्यहि खान्छन । त्यति मात्र होइन आफुले खाएको भाँडा अरुलाई माझ्न दिदैनन । आफुले खाएको भाडा आफै माझ्नु पर्छ भन्ने मान्यता खड्काको छ ।
    श्रावण ४ गते मकवानपुर जिल्लाको भ्रमणमा उप सभापति खड्काले पार्टी कार्यकर्ता पातली माया थिङको मकवानपुर गढी स्थित घरमा वास बसे । उनको भान्सामा पाकेको मकैको ढिंडो र साग खाए । खाना खाइसके पछि आफुले खाएको भाँडा आफै माझे र बास र गाँस दिएकोमा आभार प्रकट गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij