काठमाडौं – प्रतिनिधि सभामा एमाले अर्थ विभागमा रहेका एम . अधिकारी खोटाङ भनि उल्लेख भएको व्यक्ति नेपाल राष्ट्रबैकका गर्भनर महाप्रसाद अधिकारी हो कि होइन भन्ने प्रश्न उठेको छ । माओवादी वाट सांसद रहेका रेखा शर्मा र अमृता थापाले एमालेको अर्थ विभागमा रहेका एम . अधिकारी गर्भनर हुन कि होइनन भन्ने प्रश्न गरेका छन । प्रतिनिधि सभाको बैठकमा उनीहरुले यस्तो प्रश्न गरेका हुन ।
कांग्रेस सांसद मीन विश्वकर्माले पनि गर्भनरले देश श्रीलंकाको बाटोमा छ भनेर भर्भनर अधिकारीले आतंक मच्चाएको आरोप लगाए । उनले गर्भनरले सरकारलाई सहयोग नगरेको भन्दै संसद बैठकमै आलोचना गरे ।
नेकपा एमालेले असार २६ गते जारी गरेको अन्तर पार्टी निर्देशन(अपानी)मा अधिकारीको नाम दोश्रो नम्बरमा छ। विभागमा प्रमुख र सचिव सहित ११ जना छन्।
अधिकारीले भने सामाजिक सञ्जाल ट्विटरमार्फत् एमाले अर्थ विभागमा रहेको मानिस आफू नभएको बताएका छन्। उनले लेखेका छन्- म कतै कुनै पार्टी राजनीतिमा नरहेको व्यहोरा जानकारी गराउन चाहान्छु। यसर्थ त्यहाँ उल्लेख गरिएको व्यक्ति म हुने कुरै भएन। ध्यानाकर्षण गराइदिनुभएकोमा हार्दिक धन्यवाद।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
