Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्थ मन्त्रालयको विषयमा आजै संसदिय छानविन समिति गठन गरौं – उप-सभापति खड्का


  • बुधबार, असार २२ २०७९

  • अर्थ मन्त्रालयको विषयमा आजै संसदिय छानविन समिति गठन गरौं – उप-सभापति खड्का

    काठमाडौं – नेपाली कांग्रेसका उप सभापति पूर्ण बहादुर खड्काले बजेट निर्माणका वेला अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रदेश गरी चलखेल गरेको भनिएको विषयमा संसदिय छनविन समिति गठन गरेर यथार्थ कुरा सार्वजनिक गर्नुपर्ने बताएका छन । ‘बजेट निर्माणकाे बेलाकाे बिषय समेतलाई जाेडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र अामजनमानसकाे गंभीर चासाेकाे बिषय बनी सकेपछि याे बिषयलाई बिश्वासिलाे तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ’ – खड्काले भनेका छन ।
    उपसभापति खड्काले बिगतमा पनि संसदकाे यस्ताे परम्परा भएकाले ढिलाे नगरी संसदबाट अाजै संसदिय समिति निर्माणकाे टुङ्गाे लगाउन जोड दिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij