Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वामदेव गौतम नेतृत्वमा नयाँ पार्टीको घोषणा


  • मंगलबार, असार १४ २०७९

  • वामदेव गौतम नेतृत्वमा नयाँ पार्टीको घोषणा

    काठमाडौं– वामदेव गौतम नेतृत्वमा नेकपा (राष्ट्रिय एकता अभियान) पार्टीको घोषणा गरिएको छ। आज राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टीको घोषणा गरिएको छ ।
    पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा संयोजक गौतमले जानकारी दिए । दैनिक पार्टी संचालनका लागि स्थायी कमिटी निर्माण हुने र त्यसमा १५ जना नबढ्नेगरी सदस्य राखिने गौतमले जानकारी दिए ।
    गौतमका अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij