Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीमाथी खनिए भुसाल – ‘संसद विघटन क्षम्य छैन’


  • बुधबार, असार १ २०७९

  • ओलीमाथी खनिए भुसाल – ‘संसद विघटन क्षम्य छैन’

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता घनश्याम भुसाल विचको विवाद थप बढेको छ । भुसालले ओलीको आलोचना गरेको भन्दै कारवाही तयारी भइरहेको वेला ओली प्रति भुसालले कटाक्ष गरेका छन । बुधवार आयोजित कार्यक्रममा भुसालले ओली प्रति कडा टिप्पणी गरे । ओलीलाई रिझाउन एमालेका नेता तथा कार्यकर्ताले उनले कुल्ला गरे भने वान्ता गर्ने गरेको भन्दै कटाक्ष गरे । नेता भुसालले ओलीले गरेको संसद विघटन गलत भएको भन्दै पुनः आलोचना गरेका छन ।

    ‘ओलीले दुई पटक गरेको संसद विघटन क्षम्य छैन’ – भुसालले भने । संसद विघटनवारे भुसालको थप टिप्पणी छ – बच्चाको टाउकोमा लिखा पर्यो भनेर मट्टीतेल खन्याएर आगो लगाए जस्तै गरियो। नेकपा एउटै हुँदा अध्यक्ष र प्रधानमन्त्री पद ओली र पुष्पकमल दाहाल विच आधा – आधा कार्यकाल बाढ्ने सहमति गोप्य राख्दा समस्या आएको तर्क भुसालको छ । ओलीले प्रचण्ड र माधव नेपालहरुलाई बैठकमै नबोलाएर गल्ती गरेको बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij