काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक असारमा बस्ने भएको छ। असार ७ गतेदेखि ९ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने राप्रपाले जनाएको छ।
वैशाख ३० मा भएको स्थानीय चुनाव समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल हुने बताइएको छ। बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे पनि रिपोर्टिङ हुने भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
