Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जिसस चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचित


  • मंगलबार, जेष्ठ ३१ २०७९

  • जिसस चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी  निर्वाचित

    चितवन- जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका नारायण अधिकारी निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा मतदान हुँदा अधिकारी र गठबन्धनका उम्मेदवार पूर्णबहादुर रानाभाटले बराबर मत प्राप्त गरेका थिए। १४ जनाले मतदान गर्दा ७/७ भोट आएपछि गोलाप्रथाबाट अधिकारी निर्वाचित भएका हुन्।

    एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका अधिकारी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामना-३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए।
    जिसस चितवनको उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी थिइन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij