Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यू-१९ महिला विश्वकप छनोट : नेपालको मलेसियामाथि सहज जित


  • बिहिबार, जेष्ठ २६ २०७९

  • यू-१९ महिला विश्वकप छनोट : नेपालको मलेसियामाथि सहज जित

    काठमाडौं- आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा आयोजक मलेसियालाई २५ रनले हराएको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रन बनायो ।

    मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यस बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । बलिङतर्फ नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान गरिन् । यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् ।

    बलिङतर्फ मलेसियाका लागि नुर सामेदले दुई विकेट लिइन् । त्यस्तै इल्सा होन्टेरले एक विकेट हात पारिन् ।आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको छ ।

    पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो । यसअघि नै युएई र थाइल्याण्डसँग पराजित भएको नेपालले कतार भुटानलाई भने पराजित गरेको थियो । एसिया छनोटमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा विजेता मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा छनोट हुनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij