Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा सुदेश पराजुली


  • मंगलबार, जेष्ठ २४ २०७९

  • एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा सुदेश पराजुली

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई नै विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष बनाइएको छ।
    यो कमिटीका लागि ३३ जना सदस्य प्रस्ताव गरिएको छ।
    विद्यार्थी विशेष जिल्ला कमिटी सदस्यहरूमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री वि।सी।, अनु आँकुरा, प्रदिप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, प्रविण विष्ट, ओम अधिकारी, किरण पौडेल, न्यूसन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, मुकेश कुँवरलगायत छन्।
    यस्तै प्रकाश श्रेष्ठ, आशिष थपलिया, गौरव थापा, सुदिप घिमिरे, अविचल पाण्डे, शोभा बम ठकुरी, टुपेन्द्र प्रसाई, तर्क शाही, मनोज शाही, प्रदिप खनाल, सरु रिजाल, नरेश न्यौपाने र सुमन पौडेल पनि सदस्य छन्।
    यो कमिटीको बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा सपथ गराउने कार्यक्रम छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij