काठमाडौं – जनकपुर उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह विजयी भएका छन । उनले १३ हजार ४६५ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनकाे निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए । गठबन्धनबाट नगरप्रमुख पदमा उमेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साह चौथो भए । उनले ५ हजार १२४ मत मात्रै ल्याए ।
उपप्रमुखमा गठबन्धनबाट उमेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन् । किशोरीले १५ हजार ५२५ मत ल्याउँदै उपप्रमुखमा निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८१७ मत ल्याइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
