Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखाका जनप्रतिनिधिले पद बहाली गरे,अधिकारीले तामाङलाई दिए बीपीको तस्वीर


  • शुक्रबार, जेष्ठ ६ २०७९

  • टोखाका जनप्रतिनिधिले पद बहाली गरे,अधिकारीले तामाङलाई दिए बीपीको तस्वीर

    काठमाडौं – टोखा नगर पालिकाका जनप्रतिनिधिले पद वहाली गरेका छन । नगर प्रमुख प्रकाश अधिकारी, उप-प्रमुख मुरारी तामाङ सहित अध्यक्ष र सदस्यहरुले पद वहाली गरेका छन । पद बहालीका क्रममा उप-प्रमुख मुरारी तामाङलाई कांग्रेस महासमिति सदस्य एवं वागमति प्रदेश समिति सदस्य हरिहर अधिकारीले बधाई दिदै बीपी कोइरालाको तस्वीर र भनाइ सहितको चिनो उपहार दिएका छन ।
    चिनोमा बीपी कोइरालाको यस्तो भनाई अंकित छ – ‘हरेक जनताको एउटा घर होस्, बालबच्चालाई विद्यालय पठाउने वातावरण होस्, बिरामी पर्दा औषधिमूलो गर्ने पैसा होस् अनि आफ्नो श्रम र सीपको उपयोग गर्न पाउनुपर्ने व्यवस्था ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij