चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उमेदवार रेनु दाहालको नेकपा (एमाले)का उमेदवार विजय सुवेदीसँगको मतान्तर फराकिलो बन्दै गएको छ ।
नेकपा (माओवादी केन्द्र)की दाहालले सुवेदीलाई १८ सय ५२ मतान्तरले पछि पारेकी छन् । अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । दाहालले १० हजार ४४९ मत पाएकी छन् । एमालेका सुवेदीले आठ हजार ५९७ मत ल्याएका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले चार हजार ६९६ मत प्राप्त गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
