Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेस विजयी


  • आइतबार, जेष्ठ १ २०७९

  • डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेस विजयी

    डोटी- डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद २ हजार ३४३ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।साउदका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १ हजार ६८४ मत प्राप्त गरेका छन् ।
    यस्तै उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार डम्मरी विष्टले २ हजार ४०७ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरेकी छन् ।

    पाँच वडा रहेको बडीकेदार गाउँपालिकामा दुई वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij