Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रेसुङ्गा २ र ३ को वडाअध्यक्षमा कांग्रेस विजयी


  • शनिबार, बैशाख ३१ २०७९

  • रेसुङ्गा  २ र ३ को वडाअध्यक्षमा कांग्रेस विजयी

    गुल्मी -गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा वडानम्बर-२ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर-२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएर पराजित भएका छन् ।

    त्यस्तै नगरको वडानम्बर-३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले ५९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित भएका छन् । दुवै वडामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए ।

    नरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै अग्रता रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij