काठमाडौं – नेपाली कांग्रेस टोखा नगर समितिले आज चुनावी सभा आयोजना गर्दै छ । विहान ८ वजेवाट गोङ्गबु चोकमा सभा आयोजना हुने नगर सभापति ओमकृष्ण विमलीले जानकारी दिए । सभालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सांसद भीमसेनदास प्रधान , कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँ , क्षेत्रीय सभापतिहरु श्याम खड्गी र श्याम खड्का लगाएतले सम्बोधन गर्ने कार्यक्रम छ । टोखा नगर पालिकामा कांग्रेसले मेयरमा रजनी थापा र उप मेयरमा मुरारी तामाङलाई उम्मेदवार बनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
