काठमाडौं — कलाकार भुवन केसी, रवीन्द्र खड्का र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन । केसी यस अघि एमालेमा थिए । कलाकार निर शाहको पहलमा उनीहरु कांग्रेस प्रदेश गरेका हुन । प्रधानमन्त्री देउवाले कलाकार हरुलाई कांग्रेसमा स्वागत गर्दै उचित जिम्बेवारी दिने प्रतिवद्धता जनाए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
