Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिर्जना सिंहको सात ‘स’ को सङ्कल्प


  • बिहिबार, बैशाख १५ २०७९

  • सिर्जना सिंहको सात ‘स’ को सङ्कल्प

    काठमाडौं–  नेपाली काँग्रेसबाट काठमाडौँ महानगरमा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले सङ्कल्प पत्र सार्वजनिक गरेकी छन् । ‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

    १– सेवा र सुशासन

    –महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने संकल्प गर्दछु

    Global bank
    –भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरपालिकालाई स्थापित गर्नेछु ।

    –संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु ।

    २– स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा

    – शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु ।

    –महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परीक्षण, उपचार र पुनस्र्थापनासहितको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको संचालन गर्नेछु ।

    –ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।

    ३– स्वच्छ, सफा, दिगो पर्यावरण

    –काठमाडौं महानगरपालिकालाई जिरो वेष्ट नगरपालिका बनाउनेछु ।

    –पिउन योग्य पानी, स्वास फेर्ने योग्य हावाका लागि आवश्यक कानुनी संस्थागत र संरचनागत व्यवस्था गर्नेछु ।

    –सार्वजनिक, खुला स्थान, पार्क, वन, सिटी, इनार, पोखरी, वडा, फाल्चा आदिको संरक्षण पुनःस्थापना तथा विस्तार गर्नेछु ।

    ४– सुरक्षित सहर

    –महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु ।

    –विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु ।

    ५– संस्कृति, सम्पदा र सभ्यता

    –मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्नेछु ।

    –गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु ।

    ६–सवल र समुन्नत पूर्वाधार

    –सहजरुपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरकारुपमा महानगरलाई विकास गर्नेछु ।

    –महानगर क्षेत्रभित्र सबै खालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु ।

    –महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीयरुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्नेछु ।

    ७– सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी

    –युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिनेछु ।

    –उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij