Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जिम्बाब्वे ‘ए’ विरुद्ध नेपाली टिम घोषणा


  • शुक्रबार, बैशाख ९ २०७९

  • जिम्बाब्वे ‘ए’ विरुद्ध नेपाली टिम घोषणा

    काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाब्वे ‘ए’ टिमविरुद्धको एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेलका लागि शुक्रबार टिम घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा टिम घोषणा गरेको हो ।
    आज २३ सदस्यीय टिमको घोषणा गरिएको छ ।  सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सर्राफ, अविनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनील धमला रहेका छन् ।

    नेपालले जिम्बाब्वे ‘ए’ विरुद्ध यही वैशाख १७ देखि वैशाख २१ गतेसम्म तीन एकदिवसीय शृखला खेल्नेछ । वैशाख २३ देखि २६ गतेसम्म तीन ट्वान्टी–२० क्रिकेट खेल्नेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij