काठमाडौं – ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा नेकपा माओवादी केन्द्रले बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ ।
महानगर समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको हो ।
सत्ता गठबन्धनभित्र ललितपुर महानगर मेयर कांग्रेसले लिने र उपमेयर माओवादीले लिने सहमतिपछि माओवादी केन्द्रले ललितपुरको मेयरमा भने नाम सिफारिस गरेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
