काठमाडौं – नेपाली कांग्रेसको टोखा नगर समितिले मेयरमा तीन जनाको मात्रै नाम सिफारिस गरेपछि अन्य आकांक्षी आक्रोशित बनेका छन । नगर समितिले सोमवार मुरारी तामाङ, बसन्त श्रेष्ठ र सारदा ढकालको नाम सिफारिस गरेको थियो ।
मेयरका आकांक्षी कसी नारायण श्रेष्ठ, रजनी थापा, मनिष जोशी जनकराज श्रेष्ठ लगाएतका आकांक्षीले जिल्ला र प्रदेश समिति समक्ष लिखित असहमति प्रकट गरेका छन । उनीहरुले नगर समितिले विधि विधान र मापदण्ड मिचेर आफ्नो सिफारिस नगरिएको भन्दै पुनरावेदन गरेका छन ।
उनीहरुले सामूहिक रूपमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र प्रदेश सभापति इन्द्र बानियाँ समक्ष नगर समितिको निर्णय प्रति असहमति जनाएका छन । मेयरका अर्का प्रत्यासी हरिहर अधिकारीले नगर समितिको निर्णय विरुद्ध आफु छुट्टै पुनरावेदनमा जाने बताए ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
