काठमाडौं– बैशाखमा हुने स्थानीय तहको निर्वाचनबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुन लागेको हो ।
प्रचण्डले स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
