काठमाडौं– काठमाडौं महानरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका आधा दर्जन बढि आकांक्षी छन् । मुलुककै संघिय राजधानीमा रहेको सबै भन्दा ठुलो महानगरपालिकामा आफ्नो वर्चश्व कायम गर्न सत्ता गठबन्धन दल र नेकपा एमाले कम्मर कसेर लागेका छन् । एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यको चौतर्फी आलोचना भैरहेको बेला महानगरको नेतृत्व लिन कांग्रेसमा सबै भन्दा बढि आकांक्ष देखिन्छ । गठबन्धनको विचमा काठमाडौं महानगर कांग्रेसले पाउने कुरामा नेताहरु विश्वस्त देखिन्छ ।
अहिलेसम्म काठमाडौंको मेयर बन्न सृजना सिंह, हरिप्रभा खड्की, निलकाजी शाक्य, मुकुन्द रिजाल, राजुराज जोशी, तिर्थराम डंगोल, सुशन बैद्य, प्रगतिमान रञ्जित लगायतका नेता दौडमा छन् ।
यी मध्ये चार उम्मेदवारको संक्षिप्त चर्चा :
सृजना सिंह
कांग्रेस नेता प्रकाशमान सिंहकी धर्मपत्नि सृजना दशकौंदेखी सक्रिय राजनीतिमा छैनन् । तर गणेशमान सिंहको विरासत बोकेको चाक्सीबारीलाई नजिकबाट बुझ्नेहरु पछिल्ला केहि वर्ष यता पर्दा पछाडी उनी निर्णायक शक्ति हुन । विशेष गरेर काठमाडौंको राजनीतिमा पति प्रकाशमान सिंहले गर्ने निर्णयमा सृजना महत्वपूर्ण फ्याक्टरको रुपमा रहँदै आएकी छिन् ।
चाक्सीबारीबाट राजनीति अवसर प्राप्त गर्न प्रकाशमान मात्र नभई सृजनबाट समेत अनुमोदित हुनुपर्ने अवस्था रहेको काठमाडौं काग्रेस नेता कार्यकता बताउँछन् । त्यस हिसावले पछिल्ला दिनमा उनको राजनीतिक महत्वकांक्षा विभिन्न कोणबाट प्रकट हुन थालेको छ । सामाजिक सञ्जाल र सृजनाका नाममा प्रशंसा र अर्को अर्थमा चाकडीका शब्दहरु सुनिन थालेको छ । महलिा संघ काठमाडौंले त उनको नाममा सिफारिस नै गरेपछि चर्चा चुलिन थालेको छ ।
अतितिमा गरेका कामको चर्चा र स्तुतिगानले सृजनाको औचित्य पुष्टि गर्ने प्रयासहरु देखिन थालेको छ । पति प्रकाशमान काठमाडौंको राजनीतिमा निर्णायक शक्ति भएकाले सृजना मेयरको उम्मेदवार बन्ने सम्भावनालाई नर्कान सकिदैन ।
हरिप्रभा खड्गी श्रेष्ठ
काठमाडौंको राजनीतिमा गणेशमान सिंहको परिवारसंग नजिक भएर राजनीति गरेकी हरिप्रभा मेयरकी अर्की आकांक्षी हुन । वर्तमान उपमेयर भएका कारण पनि उनको दावीलाई धेरैले स्वभाविक मानेका छन् । उपमेयरको रुपमा कुनै खास र स्मरणिय काम नगरेपनि मेयरका लागि प्रबल दावेदार भने हुन ।
काठमाडौं महानगरको वडा सदस्यबाट उपमेयर बन्ने सौभाग्य पाएकी खड्गीलाई अघिल्लो निर्वाचनमा नेता प्रकाशमान सिंह कै आर्थिवाद थियो । तर अहिले सृजना सिंहको नाम आएपछि उनको उम्मेदवारीमा प्रश्न चिन्ह खडा भएको छ । जानकारहरुका अनुसार मेयरमा दावी गरेपनि सृजनालाई अस्वीकार गर्ने वा विरोध जनाउने अवस्थामा उनी छैनन् ।
निलकाजी शाक्य
चलचित्र कलाकारको रुपमा जनमानसमा परिचित निलकाजी पनि महानगरको मेयरको आकांक्षी हुन । कांग्रेसको महानगर समितिको सभापति रहेृका शाक्य हाल वडा नम्बर २५ का वडा अध्यक्ष हुन । उनको राजनीति शक्तिको स्रोत पनि चाक्सीबारी नै हो । वडा अध्यक्षदेखी महानगर सभापतिसम्म बन्न नेता प्रकाशमान सिंह कै आर्शिवाद पाएकाले उनी पनि सृजनालाई अस्वीकार वा विरोध गर्ने अवस्थामा छैनन् ।
आफुले अवसर पाए महानगर हाक्ने इच्क्षा रहेको बताउने शाक्यको आकांक्षामा सृजनाकै उपस्थितीले ग्रहण लाग्ने अवस्था छ ।
तिर्थराम डंगोल
पञ्चायत कालमै काठमाडौं नगर पञ्चायतको उपप्रधानपञ्च भएर चर्चा कमाएका तिर्थराम पार्टीकै निर्देशनमा पञ्चायतको चुनावमा भाग लिएका थिए । प्रधानपञ्च कांग्रेसकै हरिबोल भट्टराईसगैं निलम्बनमा परेका डंगोल काठमाडौं कांग्रेसको राजनीतिमा खाट्टी नेवार समुदायको प्रतिनिधि पात्र हुन ।
सांसद र राज्यमन्त्री समेत बनेका डंगोल काठमाडौं कांग्रेसको सदाबहार प्रतिपक्ष पनि हुन । प्रकाशमान सिंह जिल्ला नेता हुँदादेखी नै पार्टी भित्रको प्रतिपक्ष खेमामा रहदै आएका डंगोल उम्मेदवार बन्न कि त संस्थापन मानिने प्रकाशमान पक्षधरलाई पराजित गर्नुपर्छ वा मन जित्नुपर्ने अवस्था छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
