Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चर्च ब्वाइज युनाइटेड क्लब ए डिभिजन लिगमा बढुवा


  • मंगलबार, चैत्र २२ २०७८

  • चर्च ब्वाइज युनाइटेड क्लब ए डिभिजन लिगमा बढुवा

    काठमाडौं – चर्च ब्वाइज युनाइटेड क्लब बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा  बढुवा भएको छ ।
    सहिद स्मारक ‘बी’डिभिजन लिगअन्तर्गत  एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन साइमन लिम्बू एक्लैले चार गोल गरेका थिए । उनले खेलको ७, ३७, ४१ र ८१ औं मिनेटमा गोल गरे । ८१ औं मिनेटको उनको गोल भने पेनाल्टीमा भएको थियो । यस्तै आशिष चौधरीेले १ गोल १७ औं मिनेटमा गरेका थिए ।
    बाँसबारी सन्जीव धिमालले ५८औं मिनेटमा गोल गरे ।
    १२ खेलमा २६ अंक जोडेको चर्च ब्वाइज बी डिभिजन लिगमा १ खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा भएको हो ।
    बी डिभिजनबाट दुई टिम ए डिभिजनमा उक्लिने छन् । अर्को टिमको टुंगो लाग्न भने बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij