काठमाडौं– नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै उपाधि जितेको हो ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पीएनजीले १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११८ रन बनायो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
