काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ५ ले घर घर जाँउ कांग्रेस जिताऔँ अभियान अन्तर्गत वृहद कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अभियानको शुभारम्भ गर्दै जनताको घरदैलोमा गएर मत माग्न निर्देशन दिए । उनले एपसीसीका विषयमा छरिएको भ्रम चिरेर जनतालाई कांग्रेसको पक्षमा लाग्ने बातावरण बनाउन आव्हान गरे ।
कांग्रेस केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि मोहन बहादुर बस्नेतले कांग्रेसको सन्देश लिएर जनताको घरदैलोमा पुन कार्यकर्ता लाई आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापति श्याम बहादुर खडकाले सबै लाई समेटेर पार्टीलाई एक ढिक्का बनाइ चुनावमा होमिने बताए । पार्टीलाई स्थानीय निर्वाचन जिताउन क्षेत्रिय समिति र वडा समिति सम्पूर्ण शक्तिका साथ मैदानमा उत्रिएको बताए ।
कांग्रेसले क्षेत्र नं . ५ले आजै देखि सार्वजनिक कार्यक्रममा सभापति प्रमुख अतिथी र अतिथी गरी वढीमा ५ जनालाई भन्दा वढीले मञ्चमा नराख्ने र सम्बोधनलाई समेत छोटो छरितो बनाउने अभ्यास सुरु गरेको सभापति खडकाले राष्ट्रपुकारलाई बताए ।








""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
