Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँग्रेस कर्णाली प्रदेश कोषाध्यक्ष र प्रवक्ता मनोनित


  • आइतबार, चैत्र २० २०७८

  • काँग्रेस कर्णाली प्रदेश कोषाध्यक्ष  र  प्रवक्ता मनोनित

    काठमाडौं– नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित भएका छन् । प्रदेश सभापति ललितजङ्ग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६) बमोजिम कार्यसमितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्ता पदमा नियुक्त गरेका हुन् ।
    सभापति शाहीले पार्टी विधानबमोजिम प्रदेश संसदीय समितिमा ६ सदस्य मनोनित गरेका छन् । महामन्त्री कृष्णबहादुर रोकायका अनुसार प्रदेश संसदीय समितिमा भूपेन्द्रजङ्ग शाही, लङ्कबहादुर शाही, सीता वली, मिठु थापा कार्की, मोहन विक र पदमबहादुर लामा मनोनित भएका छन् । प्रदेश कार्यसमितिको बैठकले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम कोषाध्यक्ष, प्रवक्ता र संसदीय समितिका रिक्त पदहरूमा मनोनित गरिएको महामन्त्री रोकायाद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij