काठमाडौ – निर्वाचन आयोगले स्थानिय निर्वाचनको तालिका सार्वजनिक गरेको छ । निर्वाचनमा भाग लिने उमेदवारले वैशाख ११ र १२ गते मनोनय गर्नुपर्ने हुन्छ । उमेदवारी दर्ताका लागि ११ गते बिहान १० बजेदेखि १२ गते साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
आयोगले सोहि दिन साँझ ६ बजे मनोनय दर्ता भएको उमेदवराको सूची प्रकाशन गर्नेछ । वैशाख १३ गते ५ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
उमेदवारको नामावली १५ गते बेलुकी ५ बजेसम्म मनोनयको उजुरी उपर छानबिन गर्ने कार्यतालिका आयोगको छ । सोही दिन साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गरिने छ ।
त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
