वीरगञ्ज – नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । श्याम पटेललाई पराजित गर्दै क्षेत्री विजयी भएका हुन् ।
क्षेत्री प्रतिद्वन्द्वी पटेल भन्दा ४ सय ६५ मत बढी ल्याएर निर्वाचित भएका छन् । सिंहले १ हजार १ सय १० मत पाउँदा पटेलले ६ सय ४५ मत मात्रै पाए । ७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षेत्री र पटेलले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
