Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धनगढी उपमहानगरपालिको मेयरमा उठ्ने गोपाल हमालको घोषणा


  • बिहिबार, फाल्गुन १९ २०७८

  • धनगढी उपमहानगरपालिको मेयरमा उठ्ने गोपाल हमालको घोषणा

    काठमाडौं– गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्।आज धनगढीमा कार्यक्रम गर्दै उनले स्वतन्त्र ढंगले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। केहि दिन अघि मात्र उनले विवेकशील साझा पार्टी छाडेका थिए ।
    हमाल ०७४ कै स्थानीय तह चुनावमा धनगढीमा स्वतन्त्र ढंगले मेयर उठेका थिए। तर नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर बडसँग उनी पराजित भए।
    त्यसबेला वडले १४३२४ मत ल्याउँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए।
    आज धनगढीमा आयोजित घोषणा सभामा उनले भने – ‘म धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र ढंगले उम्मेदवारी दिने घोषणा गर्दछु ।,
    वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उनी मेयर लड्ने तयारीमा छन्। उनले अघिल्लो निर्वाचनमा ढिलो गरेर चुनाव चिह्न पाएको तथा उपमहानगरपालिका कतिपय क्षेत्र नयाँ भएकाले पराजय व्यहोर्नु परेको उल्लेख गर्दै आफूलाई नभएर धनगढीलाई जिताउन आहृवानसमेत गरे । साथै उनले अन्य पार्टीमा प्रवेश नगर्ने पनि बताएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij