काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
मंगलबार एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी सम्झौता आफूहरुले नगरेको र संसदबाट अनुमोदन गर्दा पनि अनुचित ढंगले अलग राखिएको बताए ।
उनले भने, ‘एउटा सम्झौता संसदबाट पारित भइसकेपछि कार्यान्वयन नगर्ने भन्ने हुन्न । प्रक्रियागत त्रुटि गर्न हुँदैनथ्यो, सरकारले गर्यो । तर जसरी भएपनि पास भइसकेपछि कार्यान्वयनमा जानु विकल्प छैन ।’ अब एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हिको प्रत्याभूति हुनुपर्ने ओलीले बताए ।
ओलीले गठबन्धन सरकार विघटन गरेर जनादेशअनुसार अघि बढ्नुपर्ने बताए । उनले अघि भने, यो सरकार बन्न नदिन खोजेको हो, ढाल्न खोज्नु के नयाँ भयो र ?’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाएको बताएका छन्।
एमालेद्धारा जारी विज्ञप्ती

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
